हेपाटाइटिस् सी को संक्रमण

हेपाटाइटिस् (कलेजोको सुजन) सी रगतबाट सर्ने बिषाणु (भाइरस) हो र रगतबाट रगतमा हुने सम्पर्कबाट सर्छ। हेपाटाइटिस् सी भएका व्यक्तिको रगत अर्को व्यक्तिको शरीरमा प्रवेश गर्दा यस्तो हुन्छ। रगतको मात्रा देख्न नसक्ने गरि सानो भएता पनि यो हेपाटाइटिस् सी बिषाणु (भाइरस) सर्न सक्छ।
हेपाटाइटिस् सी को संक्रमण

तपाईंलाई यी कुराहरुबाट हेपाटाइटिस् सी सर्न सक्छ:

  • निर्मलीकरण नगरीएको (फोहोर) सुई, रक्तदान (रगत प्राप्त गर्ने) प्रक्रिया र केही विदेशी देशहरूमा गरिने अन्य चिकित्सा वा दन्त प्रक्रियाहरूबाट। अष्ट्रेलियामा, यी सुरक्षित छन्।
  • निर्मलीकरण नगरीएको (फोहोर) परम्परागत अभ्यासहरू जसमा रगत समावेश हुन्छ, जस्तै ट्याटु बनाउने र छाला छेड्ने।
  • अरू कसैको व्यक्तिगत वस्तुहरू प्रयोग गर्दा जसमा रगत हुन सक्छ, जस्तै रेजर र दाँत माझ्ने ब्रसहरू।
  • आमालाई हेपाटाइटिस् सी छ भने गर्भावस्था वा सुत्केरी हुँदा आमाबाट बच्चामा सर्न सक्छ।
  • कण्डम तबना यौन सम्पक्गको समयमा ररत-देस्ख-ररत सम्पक।
  • लागू औषधि सहितको सुई लगाउनको लागि अरू कसैको उपकरण प्रयोग गर्दा।
  • सन् १९९० अघि अस्ट्रेलियामा रक्तदान (रगत प्राप्त गर्ने प्रक्रिया) गर्दा।

तपाईंलाई यी कुराहरुबाट हेपाटाइटिस् (कलेजोको सुजन) सी सर्न सक्दैनन्:

  • साझा शौचालय प्रयोग गर्दा
  • खाने भाँडाकुँडा वा पिउने गिलासको प्रयोगबाट
  • खोक्दा, हाछ्युँ गर्दा, चुम्बन गर्दा वा अँगालो हाल्दा
  • पौडी खेल्ने पोखरीबाट
  • लामखुट्टे वा अन्य कीराको टोकाइबाट।