यदि तपाईं एचआईभीबाट पीड़ित हुनुहुन्छ भने
यदि तपाईं एचआईभीसँग बाँचिरहनु भएको छ भने, अन्य व्यक्तिहरूमा एचआईभी सर्नबाट रोक्नको लागि तपाईंले एचआईभीको औषधि सेवन गर्नु नै उत्तम तरिका हो। तपाइँले औषधि एक खुराक समेत नछुटाई लिँदा तपाइँको भाइरल लोड पत्ता लगाउन नसकिने अवस्थामा हुन्छ। तपाइँको पत्ता लगाउन नसकिने भाइरल लोड हुनु भनेको अरू मानिसहरूलाई तपाईंबाट एचआईभी सर्न सक्दैन भन्ने हो । तपाइँसँग पत्ता लगाउन नसकिने भाइरल लोड छ कि छैन भनेर थाहा पाउने एक मात्र तरिका डाक्टरले गराउने एचआईभी भाइरल लोड परीक्षण वा एचआईभी आरएनए परीक्षण गर्नु नै हो।
सम्पर्कअघि औषधि (पी आर ई पी) लिने
प्रेप (PrEP) के हो?
प्रि-एक्सपोजर प्रोफिलैक्सिस (PrEP), डाक्टरले तोकेको एचआईभी (HIV) औषधि सेवन गरेर आफूलाई एचआईभी लाग्नबाट जोगाउने तरिका हो। तपाईंले एचआईभीको (HIV) औषधि चक्की वा सुईको रूपमा लिन रोज्न सक्नुहुन्छ।
एचआईभी (HIV) को रोकथाम मा प्रेप (PrEP) धेरै प्रभावकारी छ। अध्ययनले देखाए अनुसार, प्रीप (PrEP)लाई निर्देशित अनुसार लिँदा एचआईभी लाग्ने सम्भावना ०.२% भन्दा कम हुन्छ।
यदि तपाईंले PrEP चक्कीहरू लिने छनौट गर्नुभयो भने, तपाईंले माग अनुसार दैनिक चक्की लिन सक्नुहुन्छ। (आवश्यक पर्दा), वा समय-समयमा (समय-समयमा)। यी सबै एचआईभी रोकथाममा प्रभावकारी छन्। PrEP डोजिङ फ्रिक्वेन्सी उपकरण प्रयोग गरेर तपाईंको लागि कुन उत्तम काम गर्छ पत्ता लगाउनुहोस्।
अर्को विकल्प भनेको सुई लगाउन सकिने PrEP हो, जुन चक्की जत्तिकै प्रभावकारी हुन्छ। सुई लगाउन सकिने PrEP ले लामो समयसम्म सुरक्षा प्रदान गर्दछ। तपाईंले प्रत्येक दुई महिनामा मात्र सुई लगाउनु पर्छ।
प्रेप (PrEP) ले तपाईंलाई अन्य यौन संचारित संक्रमणहरू (STIs) हुनबाट रोक्दैन, त्यसैले तपाईंलाई अन्य एस टी आइ (STI) बाट बच्न मद्दत गर्न कन्डोम (ढाल) प्रयोग गर्नु अझै महत्त्वपूर्ण छ।
प्रेप (PrEP) कसको लागि हो
प्रेप (PrEP) एचआईभी (HIV) लाग्ने जोखिममा रहेका मानिसहरूका लागि हो। तपाईं जोखिममा हुन सक्नुहुन्छ यदि:
- पुरुष वा ट्रान्सजेन्डर महिला जस्ले अर्को पुरुष संग गुदा/ मलद्घार यौन सम्पर्क गर्छ र सधैं कन्डम (ढाल) प्रयोग गर्दैन
- एचआईभी (HIV) पोजिटिभ भएको पार्टनर छ, र तपाईं गर्भवती हुन चाहनुहुन्छ।
- एचआईभी (HIV) पोजिटिभ भएको पार्टनर छ तर उसको पत्ता लगाउन नसकिने भाइरल लोड छैन, र तपाईंले सधैं कन्डम (ढाल) प्रयोग गर्नुहुन्न।
- लागूऔषध सुई लगाउने व्यक्ति
PrEP तपाईंको लागि सही छ कि छैन भनेर पत्ता लगाउन आफ्नो डाक्टर वा यौन स्वास्थ्य क्लिनिकसँग कुरा गर्नुहोस्। तपाईं १८०० ४५१ ६२४ मा यौन स्वास्थ्य इन्फोलिङ्कमा कल गर्न सक्नुहुन्छ वा www.shil.nsw.gov.au मा जान सक्नुहुन्छ। यदि तपाईं आफ्नो भाषामा बोल्न चाहनुहुन्छ भने, तपाईंले अनुवाद र व्याख्या सेवा (TIS) लाई १३ १४ ५० मा कल गरेर वा www.tisnational.gov.au मा गएर नि:शुल्क दोभाषे सेवा प्रयोग गर्न सक्नुहुन्छ।
के प्रेप (PrEP) को साइड इफेक्टहरू छन् ?
धेरैजसो प्रेप (PrEP) प्रयोगकर्ताहरूलाई कुनै साइड इफेक्ट हुँदैन।
अल्पकालीन साइड इफेक्टहरूमा वाकवाकी, चक्कर लाग्ने, टाउको दुख्ने, थकान, पेट दुख्ने र पखाला समावेश हुन सक्छ। सामान्यतया, यी केहि हप्ता पछि रोकिन्छ। यदि तिनीहरू लामो समयसम्म रहन्छन् भने तपाईंले आफ्नो डाक्टरसँग कुरा गर्नुपर्छ।
यदि तपाइँ प्रेप (PrEP) लिइरहनु भएको छ भने तपाइँको स्वास्थ्य जाँच गर्न तपाइँको डाक्टरले प्रत्येक तीन महिनामा रगत परीक्षण गर्नेछ।
म कहाँ प्रेप (PrEP) पाउन सक्छु?
प्रेप (PrEP) प्राप्त गर्न, तपाईंले डाक्टरलाई भेट्न र एक प्रिस्क्रिप्शन प्राप्त गर्न आवश्यक पर्छ। तपाईले यो सामान्य चिकित्सक (GP) वा यौन स्वास्थ्य क्लिनिकबाट प्राप्त गर्न सक्नुहुन्छ।
यदि तपाइँसँग मेडिकेयर कार्ड छ भने, तपाइँ फार्मास्युटिकल बेनिफिट्स योजना मार्फत प्रेप (PrEP) प्राप्त गर्न सक्नुहुन्छ। यसको मतलब तपाईंले औषधी पसलबाट प्रेप (PrEP) को चक्कीहरू किन्न सक्नुहुन्छ वा कम मूल्यमा आफ्नो सुईहरू प्राप्त गर्न सक्नुहुन्छ।
तपाइँसँग तपाइँको डाक्टरको प्रिस्क्रिप्शन भए पछि, तपाईले विदेशबाट पूर्ण मूल्यमा यसलाई अनलाइन किन्न सक्ने विकल्प पाउनुहुन्छ।
मसँग मेडिकेयर कार्ड छैन भने के हुन्छ?
यदि तपाईं NSW मा बस्नुहुन्छ र तपाईंसँग मेडिकेयर कार्ड छैन भने पनि, तपाईं निःशुल्क PrEP प्राप्त गर्न सक्नुहुन्छ।
NSW Health ले अब निम्न व्यक्तिहरूलाई निःशुल्क PrEP र सम्बन्धित परीक्षणहरू उपलब्ध गराउँछ:
- मेडिकेयर कार्ड नभएका मानिसहरू।
- NSW मा बसोबास गर्ने व्यक्तिहरू (छोटो अवधिका आगन्तुकहरू बाहेक)।
- अष्ट्रेलियाको PrEP क्लिनिकल मापदण्डहरू पूरा गर्ने व्यक्तिहरू।
तपाईंले PrEP प्राप्त गर्न सक्नुहुन्छ:
- NSW का अधिकांश यौन स्वास्थ्य क्लिनिकहरूमा।
- SHIL टेलिहेल्थ सेवामार्फत।
थप जानकारीका लागि, NSW Sexual Health Infolink (SHIL) मा 1800 451 624 मा फोन गर्नुहोस् र PrEP का लागि विकल्प 5 छान्नुहोस्, वा www.shil.nsw.gov.au मा जानुहोस्।
यदि तपाईं आफ्नो भाषामा कुरा गर्न चाहनुहुन्छ भने, निःशुल्क दोभाषे सेवा प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि Translating and Interpreting Service (TIS) लाई 13 14 50 मा फोन गर्नुहोस् वा www.tisnational.gov.au मा जानुहोस्।
नोट: यो कार्यक्रम अष्ट्रेलिया सरकारद्वारा वित्तपोषित गरिएको हो। कार्यक्रमको विकास र परिवर्तनसँगै यस पृष्ठमा रहेको जानकारी अद्यावधिक गरिँदै जानेछ।
सम्पर्कपछि औषधि (पी ई पी) लिने
पोस्ट-एक्सपोजर प्रोफिलेक्सिस (PEP) तपाईंलाई आफु एचआईभी संक्रमितको सम्पर्कमा आएको लागेर एचआईभी हुनबाट आफुलाई जोगाउनका लागि एचआईभी उपचार लिनु भएको छ भने त्यसलाई पोस्ट-एक्सपोजर प्रोफिलेक्सिस (PEP) भनिन्छ।
PEP आफूलाई एचआईभी भएको हुनसक्छ भन्ने जो कोहीको लागि हो जो:
- कन्डम बिना यौन सम्पर्क गरेका छन्
- जसले औषधिका लागि सुई वा सुईजैन्य अन्य उपकरणहरुको प्रयोग गर्दछन् ।
तपाईंले सकेसम्म चाँडो PEP लिन सुरु गर्नुपर्छ। तपाईंले एचआईभीसँग सम्भावित सम्पर्क भएको ७२ घण्टा भित्र PEP लिनुभयो भने मात्र यसले काम गर्नेछ।
यदि तपाईंको डाक्टरले तपाईंको लागि PEP सही छ भन्ने ठान्नुहुन्छ भने, तपाईंले यसलाई हरेक दिन २८ दिनसम्म नबिराई लिनुपर्छ। PEP तपाईंले यौन स्वास्थ्य क्लिनिकहरू र एचआईभीमा विशेषज्ञता भएका वा अस्पतालको आपातकालीन विभागहरूमा कार्यरत डाक्टरहरूबाट प्राप्त गर्न सक्नुहुन्छ।
कन्डम र लुब्रिकेन्टको प्रयोग
एचआईभी र अन्य यौनजन्य संक्रमण (STIs) बाट आफू र अरूलाई बचाउन तपाईंले कन्डम र लुब्रिकांत प्रयोग गर्न सक्नुहुन्छ।
तपाईं यी चिजहरु केमिस्ट र सुपरमार्केटमा किन्न सक्नुहुन्छ।
कन्डम कसरी प्रयोग गर्ने सिक्नुहोस्।
सफा सुईजन्य उपकरणहरूको प्रयोगबाट शरीरभित्र औषधिहरू दिईनु
आफुलाई र अरूलाई एचआईभीबाट बचाउने उत्तम तरिका भनेको आफैले मात्र प्रयोग गरेको सुई वा नयाँ सुई र सुईजन्य अन्य उपकरणहरूको प्रयोग गर्नु हो। नि:शुल्क सुई र सुईजन्य उपकरणहरू निडल एण्ड सिरिन्ज प्रोग्राम (NSPs) र केही केमिस्टहरूबाट उपलब्ध गराईन्छन् ।

