हेपाटाइटिस् बी को संक्रमण

हेपाटाइटिस् बी भएको व्यक्तिबाट शरीरको तरल पदार्थ जस्तै रगत, वीर्य, ​​रयाल वा योनिको तरल पदार्थ अर्को व्यक्तिको शरीरमा प्रवेश गर्दा हेपाटाइटिस् बी भाइरस सर्छ। यी पदार्थहरु थोरै मात्रामा प्रवेश गर्दा पनि भाइरस सर्न सक्छ।
हेपाटाइटिस् बी को संक्रमण

तपाईलाई निम्न कारणहरुले हेपाटाइटिस् बी लाग्न सक्छ

  • जन्म हुँदा, हेपाटाइटिस् बी भएको आमाबाट उनको बच्चामा।
  • जब संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिको खुला घाउ (चोट लागेको, काटिएको) मा छोईन्छ।
  • ढाल (कन्डम) बिना योनि वा मलद्वारमा यौन सम्पर्क गर्दा।
  • परम्परागत वा सांस्कृतिक अभ्यासका क्रियाकलापहरू गर्दा जसमा रगत आउने हुन सक्छ जस्तै, ट्याटू हान्ने, शरीर छेड्ने, एक्यूपंक्चर।
  • बाहिरि देशहरूमा राम्रोसँग निर्मलीकरण (सफाई) नगरिएका उपकरणहरू जस्तै इन्जेक्सन, वा चिकित्सा र दन्त प्रक्रियाहरू मार्फत। अष्ट्रेलियामा यी उपकरण र प्रक्रियाहरू सुरक्षित हुन्छन्।
  • रगत हुन सक्ने व्यक्तिगत वस्तुहरूको साझा रुपमा प्रयोग गरेर, जस्तै टूथब्रश, रौं काट्ने रेजर वा निजी प्रयोगका साधनहरु ।
  • औषधि लगाउन प्रयोग गरिने सुई वा सुईजन्य उपकरणहरूको साझा प्रयोग गरेर।

हेपाटाइटिस् बी भएको व्यक्तिको उमेर जति कान्छो हुन्छ, उसलाई वयस्क हुँदा क्रोनिक हेपाटाइटिस् बी हुने जोखिम त्यति नै बढी हुन्छ।

तपाईलाई निम्न कारणहरुले हेपाटाइटिस् बी लाग्न सक्दैन:

  • खोक्दा वा हाछ्युँ गर्दा
  • चुम्बन गर्ने, अँगालो हाल्ने वा हात समात्ने गर्दा
  • लामखुट्टे वा अन्य कीराको टोकाइले ।
  • खाना आपसमा बाँड्ने, एउटै खाने भाँडाकुँडा वा पिउने गिलासको प्रयोग गर्दा
  • साझा शौचालय प्रयोग गर्दा
  • पौडी खेल्ने पोखरीबाट

हेपाटाइटिस् बी भएको व्यक्तिको उमेर जति कान्छो हुन्छ, उसलाई वयस्क हुँदा क्रोनिक हेपाटाइटिस् बी हुने जोखिम त्यति नै बढी हुन्छ।