हेपाटाइटिस् बी के हो?

हेपाटाइटिस् बी भाइरसको कारण हुने कलेजोको एक प्रकारको संक्रमण नै हेपाटाइटिस् बी हो। हेपाटाइटिस् बी अल्पकालीन (एक्युट) वा दीर्घकालीन (क्रोनिक) हुन सक्छ।
हेपाटाइटिस् बी के हो?

शुरुवाती तीव्र हेपाटाइटिस बी

  • https://mhahs.org.au/wp-content/uploads/2024/12/Vector-10.png
  • कुनै व्यक्तिले भाइरसबाट ६ महिना भित्रमा मुक्ति पाउनु भनेको एक्युट हेपाटाइटिस् बी हुनु हो। तिनीहरुले यसलाई एकपटक निवारण गरेपछि, उनीहरूलाई हेपाटाइटिस् बी फेरि लाग्न सक्दैन, साथै यो अरूलाई सर्न पनि सक्दैन।

दीर्घकालीन हेपाटाइटिस बी

  • https://mhahs.org.au/wp-content/uploads/2024/12/Vector-11.png
  • यदि संक्रमण ६ महिनाभन्दा बढी समयसम्म रहेमा त्यसलाई दीर्घकालीन (क्रोनिक) हेपाटाइटिस् बी भनिन्छ । क्रोनिक हेपाटाइटिस् बी ले कलेजोको क्षति (सिरोसिस) र कलेजो क्यान्सर गराउन सक्छ।

हेपाटाइटिस् बी हाम्रो समुदायमा सामान्यत धेरै छ। अष्ट्रेलियामा बस्ने क्रोनिक हेपाटाइटिस् बी भएका अधिकांश मानिसहरू सामान्यत धेरै हेपाटाइटिस् बी भएको देशहरूमा जन्मिएकाहरु नै रहेको पाईन्छ। अष्ट्रेलियामा क्रोनिक हेपाटाइटिस् बी भएका २२२,००० भन्दा बढी व्यक्तिहरू छन्। क्रोनिक हेपाटाइटिस् बी भएका हरेक चार जना मध्ये एकजना भन्दा केहि बढी (अर्थात् २७%) लाई यो भएको थाहा नै हुँदैन। यस्तो किन हुन्छ भने तिनीहरूमा यसका कुनै पनि लक्षणहरू नदेखिन सक्छ, वा लक्षणहरू देखा पर्न धेरै वर्ष लाग्न सक्छ।

हेपाटाइटिस् बी का लक्षणहरू के के हुन्?

धेरैजसो मानिसहरूलाई पहिलो पटक हेपाटाइटिस् बी लाग्दा कुनै पनि लक्षणहरु देखिदैन। यदि लक्षणहरू छन् भने, तिनीहरू सामान्यतया २ देखि ३ महिनामा देखिन लाग्छन्।
ती लक्षणहरू यस प्रकारका हुन सक्छन्:

तीव्र हेपाटाइटिस बी लक्षण

पेट (भुडी) दुख्ने

पेट (भुडी) दुख्ने

गाढा रंगको पिसाब हुने

गाढा रंगको पिसाब हुने

वाकवाकी लाग्ने, बान्ता हुने वा भोक नलाग्ने (भोक हराउने)

वाकवाकी लाग्ने, बान्ता हुने वा भोक नलाग्ने (भोक हराउने)

छाला र आँखा पहेंलो हुने (जन्डिस)।

छाला र आँखा पहेंलो हुने (जन्डिस)।

पहेंलो दिशा हुने

पहेंलो दिशा हुने

थकान

थकान

यी लक्षणहरू केही दिनदेखि केही हप्तासम्म रहन सक्छन् र उपचार नगरी निको पनि हुन सक्छन्। यद्यपि, यसको मतलब अब भाइरस छैन भन्ने होइन । कुनै लक्षण नहुँदा पनि केही मानिसहरूलाई दीर्घकालीन (क्रोनिक) हेपाटाइटिस् बी लाग्न सक्छ जसले कलेजोमा गम्भीर क्षति पुर्‍याउन सक्छ।

एक्युट हेपाटाइटिस् बी जस्तै, क्रोनिक हेपाटाइटिस् बी भएका मानिसहरूमा पनि कुनै लक्षण नदेखिन सक्छ। केहीलाई भने निम्न प्रकारका लक्षणहरू देखिन सक्छन्:

दीर्घकालीन हेपाटाइटिस बी लक्षण

तपाईंको शरीरको दाहिने छेउमा पेट (आमाशय) दुख्ने

तपाईंको शरीरको दाहिने छेउमा पेट (आमाशय) दुख्ने

सामान्य दुखाइ वा धेरै दुखाइ र ज्वरो आउने

सामान्य दुखाइ वा धेरै दुखाइ र ज्वरो आउने

चिन्ता वा डिप्रेसन हुने

चिन्ता वा डिप्रेसन हुने

आँखा र मुख सुख्खा हुने

आँखा र मुख सुख्खा हुने

कान र निद्राका समस्याहरू हुने

कान र निद्राका समस्याहरू हुने

वाकवाकी लाग्ने, बान्ता हुने वा भोक नलाग्ने (भोक हराउने)

वाकवाकी लाग्ने, बान्ता हुने वा भोक नलाग्ने (भोक हराउने)

छाला र आँखा पहेंलो हुने ।

छाला र आँखा पहेंलो हुने ।

मधुमेह हुने

मधुमेह हुने

छालामा दाग आउने वा छाला चिलाउने

छालामा दाग आउने वा छाला चिलाउने