हेपाटाइटिस् बी को रोकथाम

आफू र आफ्नो परिवारलाई हेपाटाइटिस् बी बाट जोगाउनको लागि खोप लगाउनु नै उत्तम तरिका हो।
हेपाटाइटिस् बी को रोकथाम

परिचय

arrow

खोप सुरक्षित र प्रभावकारी हुन्छ र यो सामान्यतया ६ महिनामा तीन डोजमा दिइन्छ। अष्ट्रेलियामा बच्चाहरूलाई खोप उनीहरूको नियमित खोप कार्यक्रमको अन्तर्गत लगाइन्छ। यस बारे यहाँ बाट पत्ता लगाउनुहोस्।

तपाईंले आफ्नो डाक्टरको कार्यालय वा यौन स्वास्थ्य क्लिनिकमा खोप लगाउन सक्नुहुन्छ। हेपाटाइटिस बी भएको व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूले पनि कलेजो क्लिनिकमा खोप लगाउन सक्छन्। यहाँ आफ्नो नजिकको सेवा खोज्नुहोस्।

यदि तपाईंले भर्खरै हेपाटाइटिस् बी भएको व्यक्तिसँग असुरक्षित यौनसम्पर्क (कन्डम बिना) गर्नुभएको छ भने, तपाईंले हेपाटाइटिस् बी बाट बच्न ७२ घन्टाभित्र इम्युनोग्लोबुलिन नामक सुई लगाउन सक्नुहुन्छ। १४ दिन भित्र दिएमा यो प्रभावकारी हुन्छ। थप जान्नको लागि, तपाईंले १८०० ४५१ ६२४ मा Sexual Health Info Line फोन गरेर जानकारी लिनुहोस् ।

हेपाटाइटिस् बी लाग्नबाट जोगिने अन्य तरिकाहरू:

  • दाँत माझ्ने ब्रसहरू वा रेजर जस्ता व्यक्तिगत वस्तुहरू साझेदारीमा प्रयोग नगर्नुहोस्।
  • कुनै पनि खुला घाउ (चोट लागेको, काटिएको) छोप्ने गर्नुहोस्
  • इजाजतपत्र प्राप्त प्रशिक्षित पेशाकर्मीहरूबाट मात्र ट्याटु हान्ने वा शरीर छेड्ने गर्नुहोस् साथै यी प्रक्रियाहरू विदेशमा गराउदा सावधानी अपनाउनुहोस्।
  • यौनसम्पर्क गर्दा कन्डम र लुब्रिकेन्टको प्रयोग गर्नुहोस्
  • लागूपदार्थ सुई लगाउनको लागि आफ्नै वा नयाँ सुई र सिरिन्ज मात्र प्रयोग गर्नुहोस् र अन्य लागूपदार्थ सुई दिने उपकरणहरू कहिल्यै साझा नगर्नुहोस्।

हेपाटाइटिस बी र गर्भावस्था

arrow

यदि तपाईं गर्भवती हुनुहुन्छ भने, तपाईंले हेपाटाइटिस् बी को जाँच गर्न रगत परीक्षण गर्नुपर्छ।

यदि तपाइँलाई हेपाटाइटिस् बी छ भने, तपाइँको बच्चालाई जन्मेको १२ घण्टा भित्र दुईवटा सुई, एउटा इम्युनोग्लोबुलिन भनिने सुई र अर्को हेपाटाइटिस् बी खोप दिइनेछ। यसले तपाईंको बच्चालाई भाइरससँग लड्न मद्दत गर्नेछ। तपाईंको बच्चाले २ महिना, ४ महिना र ६ महिनाको उमेरमा हेपाटाइटिस् बी खोप पनि पाउनेछ। जो तपाइँको डाक्टर वा सामुदायिक स्वास्थ्य केन्द्र द्वारा प्राप्त गर्न सकिन्छ।

यदि बच्चालाई हेपाटाइटिस् बी विरुद्धको खोप लगाइएको छ भने स्तनपान सुरक्षित हुन्छ।

महत्त्वपूर्ण सम्झना: यदि तपाईंको निप्पलहरू फुट्छन् र रगत बग्न थाल्छन् भने, तिनीहरू निको नभएसम्म तपाईंले स्तनपान रोक्नु पर्छ।

सुई तथा सिरिन्ज कार्यक्रमहरु

arrow

आफैलाई र अरूलाई हेपाटाइटिस् बी बाट जोगाउने राम्रो उपाय भनेको केवल आफ्नो सुई वा नयाँ सुईहरु, सिरिन्जहरु र अन्य उपकरणहरूको मात्र प्रयोग गर्नु हो। सुईहरु र उपकरणहरू निःशुल्क रुपमा निडल र सिरिन्ज प्रोग्रामहरू (NSPs) र केही केमिस्ट पसलहरुबाट मात्र उपलब्ध हुन्छन्।