हेपाटाइटिस् सी को परीक्षण

हाम्रो समुदायमा हेपाटाइटिस सी सामान्य छ। यदि तपाईं हेपाटाइटिस् सी सामान्य भएको देशमा जन्मनुभएको हो वा बस्नुभएको छ भने, तपाईंलाई हेपाटाइटिस् सी परीक्षण गराउन सिफारिस गरिन्छ
हेपाटाइटिस् सी को परीक्षण

कसले परीक्षण गराउनु पर्छ

arrow

यदि तपाईं भाइरसको सम्पर्कमा आउनुभएको हुन सक्छ जस्तो लाग्छ भने तपाईंले हेपाटाइटिस् सी परीक्षण गराउने पनि विचार गर्नुपर्छ। आफ्नो जोखिम बुझ्नको लागि, पृष्ठमा हेपाटाइटिस् सी कसरी सर्छ हेर्नुहोस्।

हेपाटाइटिस् सीको परीक्षण गराउन पनि सिफारिस गरिन्छ यदि:

  • तपाईं जेलमा हुनुहुन्छ।
  • तपाईंलाई हेपाटाइटिस् बी वा एचआईभी छ।
  • तपाईं हेपाटाइटिस् सी बढी हुने ठाउँबाट अष्ट्रेलिया सर्नु भएको हो।

२०२४ मा हेपाटाइटिस् सी को विश्वव्यापी प्रसार देखाउने नक्सा।

स्रोत: पोलारिस वेधशाला, सीडीए फाउन्डेसन

हेपाटाइटिस् सी परीक्षणका प्रकारहरू

arrow
परीक्षण यो कसरी काम गर्छ? यदि यो सकारात्मक छ भने यसको अर्थ के हो?
हेपाटाइटिस् सी एन्टिबडी परीक्षण यो तपाईंलाई कहिल्यै हेपाटाइटिस् सी भएको छ कि छैन भनेर देखाउने रगत परीक्षण हो। यदि तपाईंको परीक्षण पोजेटिभ आयो भने तपाईंले आरएनए परीक्षण गर्नुपर्नेछ।
हेपाटाइटिस् सी आरएनए परीक्षण यो तपाईंलाई अहिले हेपाटाइटिस सी छ कि छैन भनेर देखाउने रगत परीक्षण हो। तपाईंलाई हेपाटाइटिस् सी छ। उपचारको बारेमा कुरा गर्न आफ्नो डाक्टरलाई भेट्नुहोस्।
सुक्खा रगत स्पट (डिबिएस; DBS) परीक्षण डिबिएस (DBS) फिंगर स्टिक परीक्षण अनलाइनबाट अर्डर गरेर मगाइन्छ र तपाइँ यसलाई घरमा नै परीक्षणका लागि प्रयोग गर्नुहुन्छ। तपाईंले परीक्षण सामग्रीमा उपलब्ध गराइने सानो सुई (ल्यान्सेट) प्रयोग गर्नुहोस्, आफ्नो औंलामा घोच्नुहोस् र रगतका केही थोपा सङ्कलन गरी परीक्षणको लागि प्रयोगशालामा पठाउनुहोस्। तपाईंले यो परीक्षणको नतिजा एक हप्तामा पाउनुहुनेछ। यदि डिबिएस (DBS) परीक्षणले तपाईंको रगतमा हेपाटाइटिस् (कलेजोको सुजन) सी संक्रमण भएको देखाउँछ भने तपाईंलाई हाल संक्रमण छ कि छैन भनेर पुष्टि गर्न तपाईंले रगत परीक्षण गर्नु आवश्यक हुन्छ । एक स्वास्थ्य परिचारिका (नर्स) ले तपाईंलाई सम्पर्क गर्नेछन् र हेपाटाइटिस् (कलेजोको सुजन) सी रगत परीक्षणको लागि तपाईं कहाँ जान सक्नुहुन्छ भनि बताउनेछन्।

कहाँ परीक्षण गर्ने

arrow
चिकित्सक वा डाक्टर (जी पी)

तपाईंको चिकित्सक (जीपी) ले तपाईंलाई हेपाटाइटिस् (कलेजोको सुजन) सी परीक्षणको लागि रगत परीक्षण गराउन सक्नुहुन्छ। यो परीक्षण गर्ने सबैभन्दा सामान्य तरिका हो। तपाईंको डाक्टरले रगतको नमूना लिन्छन् र हेपाटाइटिस् (कलेजोको सुजन) सीको परीक्षण गर्न प्रयोगशालामा पठाउँछन्। यदि तपाईंसँग मेडिकेयर कार्ड छ भने यो परीक्षण निःशुल्क हुन्छ। तपाईंले बल्क बिलहरू गर्ने जीपी नपाएमा चिकित्सकलाई शुल्क तिर्नुपर्ने हुनसक्छ।


यौन स्वास्थ्य क्लिनिकहरू

NSW यौन स्वास्थ्य क्लिनिकहरूमा हेपाटाइटिस् सीको परीक्षण छानिएका बिरामीहरूको लागि नि:शुल्क, सजिलो र गोप्य छ। केही क्लिनिकहरूमा तपाईंलाई मेडिकेयर कार्डको आवश्यकता पर्दैन र यदि तपाईं चाहनुहुन्न भने आफ्नो वास्तविक नाम दिनु पर्दैन।

तपाईंको लागि कुन क्लिनिक उत्तम छ भन्ने बारे थप जानकारीको लागि, १८०० ४५१ ६२४ मा यौन स्वास्थ्य इन्फोलिङ्कमा कल गर्नुहोस् वा www.shil.nsw.gov.au मा जानुहोस्।
.
यदि तपाईं आफ्नै भाषामा बोल्न चाहनुहुन्छ भने, तपाईंले १३ १४ ५० मा अनुवाद र व्याख्या सेवा (TIS) मा कल गरेर वा www.tisnational.gov.au मा जानुहोस्, नि:शुल्क दोभाषे सेवा प्रयोग गर्न सक्नुहुन्छ।

घरमै हेपाटाइटिस सी परीक्षण – DBS

ड्राईड ब्लड स्पट (DBS) परीक्षण घरमै गर्न सकिने नि:शुल्क, सजिलो र गोप्य परीक्षण हो। तपाईंले परीक्षण अनलाइन अर्डर गर्नुहुन्छ र घरमै गर्नुहुन्छ। तपाईंले परीक्षण किटमा प्रदान गरिएको सानो सुई (ल्यान्सेट) प्रयोग गरेर आफ्नो औंला घोट्नुहुन्छ र रगतका केही थोपा सङ्कलन गर्नुहुन्छ र परीक्षणको लागि प्रयोगशालामा पठाउनुहुन्छ। तपाईंले फोन, टेक्स्ट वा इमेल मार्फत एक हप्तामा नतिजा प्राप्त गर्नुहुनेछ।

DBS परीक्षणको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

डीबीएस प्रदर्शन भिडियो

Play
अंग्रेजी
Play
अरबी
Play
चिनियाँ
Play
इन्डोनेसियाली
Play
थाई
Play
भियतनामी


परिवार नियोजन चिकित्सालय (क्लिनिक) हरू

परिवार नियोजन क्लिनिकहरूले यौन संचारित संक्रमण (STIs) को परीक्षण र उपचार, गर्भनिरोधक जानकारी र प्रक्रियाहरू, र गर्भावस्था विकल्प परामर्श सहित प्रजनन र यौन स्वास्थ्य सेवाहरूको दायरा प्रदान गर्दछ। तपाईंले सेवाको लागत तिर्नुपर्ने हुन सक्छ।

परिवार नियोजन NSW टकलाइनले हेपाटाइटिस् सी सहित यौन स्वास्थ्य समस्याहरूमा नि:शुल्क र गोप्य जानकारी र सल्लाह प्रदान गर्दछ। टकलाइनलाई १३०० ६५८ ८८६ मा सम्पर्क गर्नुहोस्, वा www.fpnsw.org.au मा जानुहोस्। तपाईंको नजिकैको परिवार नियोजन क्लिनिक फेला पार्न यहाँ क्लिक गर्नुहोस्


घुम्ती क्लिनिकहरू

यी क्लिनिकहरूले समुदाय केन्द्रहरू, घरबारविहीन सेवाहरू, सामुदायिक सुधार सेवाहरू, फार्मेसीहरू, निजी मेथाडोन क्लिनिकहरू र हाम्रो जिल्ला मोबाइल स्वास्थ्य भ्यानहरू जस्ता ठाउँहरूमा हेपाटाइटिस् सी परीक्षण र उपचार प्रदान गर्छन्।


पोइन्ट-अफ-केयर परीक्षण (पी ओ सी टी) स्थलहरू

अस्ट्रेलियाली हेपाटाइटिस् सी पोइन्ट-अफ-केयर परीक्षण (पी ओ सी टी) कार्यक्रमको लागि एनएसडब्ल्यू भरि धेरै अनुसन्धान स्थलहरू छन्। यी अनुसन्धान स्थलहरूमा, तपाईंले हेपाटाइटिस सी परीक्षण गर्न सक्नुहुन्छ र सोही दिन आफ्नो नतिजा प्राप्त गर्न सक्नुहुन्छ। पी ओ सी टी स्थलमा, यदि तपाईंको परीक्षण हेपाटाइटिस् सीको लागि सकारात्मक आयो भने स्वास्थ्य सेवा कर्मचारीले सोही दिन तपाईंसँग उपचार विकल्पहरू छलफल गर्न सक्छन्।

हेपाटाइटिस् सी परीक्षणको लागि पी ओ सी टी अनुसन्धान स्थल पत्ता लगाउन, www.hepcpoct.com.au मा जानुहोस्।