एचआईभी भनेको के हो?

एचआईभी भनेको "ह्युमन इम्युनोडेफिशियन्सी भाइरस" हो। यो भाइरस जो कोहीको शरीरमा प्रवेश गरेपछि त्यो व्यक्ति एचआईभी (एचआईभी पोजिटिभ) बाट संक्रमित हुन जान्छ ।
एचआईभी भनेको के हो?

भाइरस संक्रमणले शरीरको प्रतिरक्षा प्रणालीलाई असर गर्छ, जसले तपाईंको शरीरलाई रोगबाट बचाउँने काम गर्दछ । तथापी, एचआईभीको उपचारहरू धेरै प्रभावकारी रहेका छन् र उपचार लिइरहेका एचआईभी संक्रमित मानिसहरू पनि लामो, स्वस्थ एवं खुसी जीवन बाँच्न सक्छन्।

एचआईभीका लक्षणहरू के के हुन्?

तपाईलाई पहिलो पटक एचआईभी संक्रमण हुदाँ तपाईमा कुनै लक्षणहरू नदेखिन पनि सक्छन्, तर तपाई बिरामी वा थकित भएको महसुस गर्ने वा तपाईलाई फ्लू भएको जस्तो लाग्न पनि सक्छ। किनकि तपाईंको प्रतिरक्षा प्रणाली भाइरस विरुद्ध लडिरहेको हुन्छ । यी लक्षणहरू सामान्यतया २ वा ३ हप्तामा हराएर जान्छन्, जुन यस प्रकारका हुन सक्छन्:

दुखाइ र पीडा

दुखाइ र पीडा

ज्वरो

ज्वरो

थकान

थकान

टाउको दुख्ने

टाउको दुख्ने

छालामा दाज देखिनु

छालामा दाज देखिनु

घाँटी दुख्ने

घाँटी दुख्ने

राति ओछ्यानमा पसिना आउनु

राति ओछ्यानमा पसिना आउनु

सबैमा यी लक्षणहरू नदेखिन सक्छन्, त्यसैले एचआईभी नियमित रूपमा परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ ।